समय : १०:५८ am | सोमबार , कार्तिक २४ गते २०८२

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

अर्थ विशेष | असाेज २९ गते २०८२

काठमाडौँ। सभामुख देवराज घिमिरेले मुलुकको समसामयीक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श जारी छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेकका दलका प्रतिनिधि सहभागी छन् ।

पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्