समय : ०८:३८ am | बुधबार , वैशाख ३० गते २०८३

सुनको मूल्य १० डलरले बढ्यो

अर्थ विशेष | असार ५ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.४३ प्रतिशत अर्थात १० डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य यो समाचार तयार पार्दासम्म प्रतिऔंस २ हजार ३३०.९१ डलर पुगेको छ ।

सुनको मूल्य बढेतापनि चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.०४ प्रतिशत अर्थात ०.०१ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.५ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्