समय : ०१:४० am | आइतबार , असार २० गते २०८३

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त, हितेन्द्रदेव हटाइए

अर्थ विशेष | असाेज ६ गते २०८२

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक इञ्जिनियर मनोज सिल्वाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो।

शाक्यलाई भने जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरिएको छ। केपी शर्मा ओली सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेर शाक्यलाई २०८१ चैत ११ गते नियुक्त गरेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्