समय : १२:५८ pm | मङ्गलबार , भाद्र ९ गते २०८३

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

अर्थ विशेष | भाद्र ९ गते २०८३

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ४ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ। कम्पनीको संस्थापक समूहको ४ लाख ६९ हजार ३०२ सय कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

यो शेयरमा यसअघि बैशाख १५ गते ३५ दिने सूचना निकालेर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेकोले अब यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

सर्वसाधारणले सूचना प्रकाशित भएको आजको मितिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्