समय : ०९:२० am | बुधबार , वैशाख ३० गते २०८३

बागमती प्रदेशले बढायो मेला, महोत्सव र कन्सर्टमा लाग्ने मनोरञ्जन कर

अर्थ विशेष | असार २ गते २०८१

काठमाडौं । बागमती प्रदेश सरकारले मेला, महोत्सव र कन्सर्टमा लाग्ने मनोरञ्जन कर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१ को लागि प्रदेशसभामा पेस भएको बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८१ मार्फत कर बढाइएको छ।जसमा महानगररउपमहानगरको हकमा १ दिनको ५ हजार रुपैयाँबाट बढाएर १५ हजार रुपैयाँ बनाइएको छ। यसैगरी नगरपालिका क्षेत्रमा ४ हजार रुपैयाँलाई बढाएर १० हजार र गाउँपालिकामा २ हजारलाई बढाएर ५ हजार रुपैयाँ बनाइएको छ।

८ देखि १५ दिनको हकमा महानगरपालिकामा ४० हजारबाट बढाएर ५० हजार रुपैयाँ बनाइएको छ। यसैगरी नगरपालिकाको हकमा ३० हजार बाट बढाएर ३५ हजार र गाउँपालिकाको हकमा १५ हजारबाट बढाएर २० हजार रुपैयाँ बनाइएको छ।१६ देखि ३० दिनको हकमा महानगरपालिकामा ६० हजारबाट ७० हजार, नगरपालिकाको हकमा ४५ हजारबाट ५० हजार र गाउँपालिकाको हकमा २० हजारबाट ४० हजार रुपैयाँ बनाइएको छ। ३० दिनभन्दा बढीको हकमा समान नै रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्