समय : १०:११ am | शुक्रबार , वैशाख ११ गते २०८३

विपद्पछिको पुनः निर्माणका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन

अर्थ विशेष | जेठ १५ गते २०८२


काठमाडौं। सरकारले विपद्पछिको पुनःनिर्माणका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन भएको छ।काठमाडौं। सरकारले विपद्पछिको पुनःनिर्माणका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन भएको छ।

आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन भएको जानकारी दिए।

यसैगरी, उनले विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने उल्लेख गरे। विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइनेसमेत जानकारी दिए।

“प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पत्ति बिमाको दायरा विस्तार गरिनेछ”, उनले भने, “बिमा कम्पनीलाई ग्रामीण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशित गरिनेछ। साइवर सुरक्षा बिमा सेवा सञ्चालन गरिनेछ। निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्भावित जोखिम व्यवस्थापनका लागि पुनःबिमाको व्यवस्था मिलाइनेछ।”

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्