समय : ०४:४० pm | आइतबार , भाद्र १४ गते २०८३

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

अर्थ विशेष | भाद्र १४ गते २०८३

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका–१, ढुङ्गे आइपुगेका उनले भने, “प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।”

सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध गरिसकेको उनले जानकारी दिए । मन्त्री खनालले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पारे ।

“आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ”, उनले भने, “हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन् । आवश्यकताअनुसार सहयोग लिन्छौँ ।”

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्