समय : ०१:२७ pm | सोमबार , वैशाख १४ गते २०८३

लगातार ४ दिन घटेको सुनको मूल्य आज ह्वात्तै बढ्यो

अर्थ विशेष | चैत्र २७ गते २०८१

काठमाण्डौ । लगातार ४ दिनदेखि घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । बुधबार स्थानिय बजारमा सुनको भाउ वृद्धि भएसँगै सुनको ओरालो यात्रा थामिएको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगे नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सय कायम भएको थियो ।

आज चाँदीको भाउ पनि वृद्धि भएको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्