समय : ०६:२४ pm | सोमबार , भाद्र १५ गते २०८३

बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’को २९ टन खाद्य सामग्री

अर्थ विशेष | भाद्र १५ गते २०८३

काठमाडौँ । विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा ३० टनभन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको हो।

सो खाद्यान्न सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

विपद्‍बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो।

कृषिमन्त्री चौधरीले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आएकी छिन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्