समय : ०७:०३ pm | सोमबार , भाद्र १५ गते २०८३

पोखरा फाइनान्सका ग्राहकलाई सिद्धार्थ होटल नारायणगढमा १०% छुट

अर्थ विशेष | भाद्र १५ गते २०८३

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले सिद्धार्थ होटल, नारायणगढमा फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।
पोखरा फाइनान्स र सिद्धार्थ होटल, नारायणगढबीच भदौ १५ गते सोमबार ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाले पोखरा मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा होटलमा उपलब्ध फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यबाट पोखरा फाइनान्सका खातावाला लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ ।

पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सिआस्वा लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

pokhara finance ltd

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्