समय : ०६:२० pm | सोमबार , वैशाख १४ गते २०८३

आजपनि घट्यो सुनको मूल्य

अर्थ विशेष | चैत्र २४ गते २०८१

काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य तोलामा ३ हजार ९ सयले घटेको थियो ।

आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदीको मूल्य ७० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्