समय : १२:२७ am | मङ्गलबार , वैशाख १४ गते २०८३

‘एनसेल एनएसएल’ सिजन ३ सुरु

अर्थ विशेष | चैत्र १७ गते २०८१

काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ भव्य उद्घाटन समारोहका साथ शनिबारबाट सुरु भएको छ । पहिलो दिनको ललितपुर सिटी एफसी र काठमाण्डौ रेजर्स एफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ । खेल सुरु हुनु भन्दा पहिला गायक दुर्गेश थापाले आफ्नो सांगितीक प्रस्तुती दिएका थिए ।

आजको खेलमा ललितपुर सिटी एफसी र काठमाण्डौ रेजर्स एफसी दुवैले २–२ गोल गरेका थिए । यो खेलको ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ काठमाण्डौ रेजर्स एफसीका भिनसेन्ट कोजिएलो भएका छन् । यो सिजन भरी खेलिने प्रत्येक खेलमा ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ पाउने खेलाडीलाई एनसेलले ३० हजार नगद पुरस्कार र ५ हजार हजारको रिचार्ज भौचर प्रदान पनि गर्दछ ।

आइतबारको खेल साँझ ६ बजे बुटबल लुम्बिनी एफसी र झापा एफसीबीच हुने तालिका रहेको छ । एनसेल प्रमुख प्रायोजक रहेको यो सिजनमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाण्डौ रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरू उपाधी जित्नको लागि कडा प्रतिस्पर्धा गर्नेछन् ।

‘हाम्रा सहकार्यहरुले खेलकुद क्षेत्रप्रति एनसेलको गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्दछ । आफ्नो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रही हामी यस सिजनमार्फत नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्न चाहन्छौं र देशलाई गर्व गराउने अवसरहरुको सिर्जना गर्न चाहन्छौं । सबैको प्रिय खेल भएकोले यसको विकासका लागि सहकार्य गर्न पाएकोमा धेरै खुसी छौं । यो सिजनमा अझै उत्साह थप्न र रोमाञ्चक बनाउन हामी केही दिनमा नै ग्राहकका लागि विषेश अफर पनि ल्याउने तयारीमा रहेका छौं,’एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्