समय : ०७:५१ pm | शुक्रबार , वैशाख २५ गते २०८३

एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा

अर्थ विशेष | कार्तिक ९ गते २०८१

वीरगञ्ज। प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट रु एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि बोकेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६९९ तथा सुदूरपश्चिम ०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

बिजबिजकभन्दा बढीका सामान बोकेको आशङ्कमा ट्रक नियन्त्रणमा लिएको उनले बताए। दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६९९ तथा सुदूरपश्चिम ०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

बिजबिजकभन्दा बढीका सामान बोकेको आशङ्कमा ट्रक नियन्त्रणमा लिएको उनले बताए। दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्