समय : ०८:३९ pm | शुक्रबार , वैशाख २५ गते २०८३

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला

अर्थ विशेष | कार्तिक ९ गते २०८१

ललितपुर । ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयका अनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते साँझ ४ देखि ९ बजेसम्म रात्रिकालीन व्यापार मेला गर्न लागिएको हो ।

वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनको प्रचुर सम्भावना बोकेको सहरमा बसेका स्थानीयलाई आयआर्जनमा जोड्न यो प्रयास महत्त्वपूर्ण हुने बताए । 'यो मेलामा हस्तकला महासङ्घ, पाटन पर्यटन विकास संस्थाको पनि सहयोग रहने विश्वास छ, महानगरपालिकाको दीर्घकालीन योजनालाई सहयोग पुर्याउने उद्देश्यअनुसार यो कदम चालिएको हो । महिलाले घरघरमा उत्पादन गरेका हस्तकलालगायत सामग्री बिक्री गरेर आर्थिकोपार्जन गर्न सक्ने अवसर मिल्ने छ,' उनले भने ।

'यो मेलामा हस्तकला महासङ्घ, पाटन पर्यटन विकास संस्थाको पनि सहयोग रहने विश्वास छ, महानगरपालिकाको दीर्घकालीन योजनालाई सहयोग पुर्याउने उद्देश्यअनुसार यो कदम चालिएको हो । महिलाले घरघरमा उत्पादन गरेका हस्तकलालगायत सामग्री बिक्री गरेर आर्थिकोपार्जन गर्न सक्ने अवसर मिल्ने छ,' उनले भने ।
मेलामा स्थानीय हस्तकलाका सामग्री, स्थानीय नेवारी खानाका परिकार समावेश हुने आयोजकले जनाएको छ ।

जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायले हुन लागेको यो कार्यक्रमलाई अझ परिस्कृत गरेर लैजाने अध्यक्ष शाक्यले बताए । आगामी वर्षदेखि मेलालाई व्यवस्थित बनाउन बृहत् रूपमा तालिका बनाएर सञ्चालन गरिने उनले बताए ।

रात्रिकालीन व्यापार र बजारलाई प्रोत्साहन र प्रवर्द्धन गर्दै हस्तकलाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र पर्यटनको विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला व्यवस्थापन समितिका संयोजक बबिता श्रेष्ठले जानकारी गराइन् ।

'स्थानीय व्यापार वृद्धि गरी महिलाको आयआर्जन वृद्धि गर्न सानो प्रयास हो, पाटनलाई चौबीसै घण्टा जागृत गराउने उद्देश्यले यो क्षेत्रलाई उकास्न दीर्घकालीन योजनाअनुसार काम गर्ने लक्ष्यका साथ यो मेला गर्न लागिएको हो ।

नुनदेखि सुनसम्म पाइने व्यवस्था मिलाइनेछ, ८० वटा स्टलको व्यवस्था गरिनेछ, हरेक स्थलमा फरकफरक सामान राख्ने व्यवस्था मिलाइनेछ, तिहारलाई चाहिने खाद्यान्नसहित अन्य सामग्री राख्नेछौँ,' उनले भनिन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई ‘स्मार्ट सिटी’ बनाउने अभियानभित्रै ‘पाटन डज नट स्लीप’ योजनालाई पनि समेट्ने र त्यसका लागि आवश्यक पूर्वाधारसहित विपद् व्यवस्थापनलगायत काम गरेरमात्र घोषणा गर्ने बताउँदै आएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्