समय : ०८:३९ pm | शुक्रबार , वैशाख २५ गते २०८३

विद्युत प्राधिकरणले काट्यो ४३ उद्योगको लाइन

अर्थ विशेष | कार्तिक ९ गते २०८१

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत विद्युत महसुल बक्यौता नबुझाएका ४३ उद्योगको विद्युत् लाइन काटेको छ। प्राधिकरणले विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटेको हो ।
प्राधिकरणले हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, बाबा जुट मिल, जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइन काटेको हो ।प्राधिकरणले गत असोज २४ गते सूचना प्रकाशित गरेर ४९ उद्योगलाई डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो।

कम्पनीहरुलाई बक्यौता बुझाउन कात्तिक ८ गतेसम्मको समय दिइएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्