समय : ०८:३८ pm | शुक्रबार , वैशाख २५ गते २०८३

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले ग्रहण गरे शपथ

अर्थ विशेष | कार्तिक ८ गते २०८१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल मार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।सो अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायत पदाधिकारीहरू उपस्थित थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्