समय : ०६:१२ pm | बुधबार , वैशाख ३० गते २०८३

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

अर्थ विशेष | वैशाख ३० गते २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाले जारी गरेको सूचनाअनुसार महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने छ ।

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिनेछ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ । विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन पोर्टल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा २०८३ साल जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्