समय : ०१:५६ am | मङ्गलबार , पौष २८ गते २०८२

एनएलजी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

अर्थ विशेष | पौष ८ गते २०८२

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत छुट्टाइएको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्