काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम आज सम्पन्न भएको छ । स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
अन्तर्क्रिया तथा छलफल कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राईले बीमाको विभिन्न विषयमा आफनो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा सहभागीहरूले सरकारी भवनको बीमाको आधार र दर, अभिकर्तामार्फत हुने सम्भावित ठगी, पशु बीमामा औषधि वितरणका प्रदेशगत फरक व्यवस्था तथा तेस्रो पक्ष मोटर बीमाको दाबी भुक्तानी चरणबद्ध गर्न सकिने–नसकिने जस्ता प्रश्नहरू उठाएका थिए ।