समय : ०४:३६ pm | सोमबार , कार्तिक १७ गते २०८३

नेप्सेमा ३२ अंकको गिरावट

अर्थ विशेष | कार्तिक १७ गते २०८३

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ६५ अंकले घटेर २,६५७ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४३ कम्पनीको १ करोड ९८ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १८ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमायाका लगानीकर्ताले ८ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोका लगानीकर्ताले ५ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ दशमलव ८६ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्