समय : ०६:१९ pm | बिहिबार , कार्तिक १३ गते २०८३

नेपाल प्रिमियर लिग क्रिकेटः कर्णालीले टस जित्यो

अर्थ विशेष | कार्तिक १३ गते २०८३

काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ‘टस’मा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय गरेका हुन् । यससँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्नेछ ।

कर्णाली आज दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । यता विराटनगर भने पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो ।


कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्