समय : ०८:५३ pm | शुक्रबार , असाेज ३० गते २०८३

चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ३२ करोड राजस्व जम्मा

अर्थ विशेष | असाेज ३० गते २०८३

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले उक्त राजस्व जम्मा गरेको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आव २०८३÷०८४ को साउन महिनादेखि असोज २७ गतेसम्म उक्त राजस्व जम्मा भएको जानकारी दिए ।

कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा रु नौ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ । कार्यालयले तीन महिना नपुग्दै (९३.५३) प्रतिशत राजश्व जम्मा गर्न सफल भएको छ ।

लक्ष्य पूरा हुुन रु ६७ करोड १७ लाख अर्थात (७.४६) प्रतिशत मात्रै राजस्व जम्मा गर्न बाँकी छ । उल्लेखनीय राजश्व वृद्धि हुनुको मुख्य कारण तातोपानी नाका र रसुवागढी नाका बन्द भएकाले हो ।

तातोपानी र रसुवागढी नाका पूर्ण रुपमा बन्द हुँदा त्यहाँबाट हुने निकासी तथा पैठारी मार्ग कोरलानाका विकल्प बनेको छ ।

चालु वर्षको साउन महिनादेखि असोज २७ गतेसम्मको अवधिमा रु १९ अर्ब ४० करोड ६७ लाख बराबरको मालवस्तु पैठारी भएको छ ।

यसैगरी रु ३७ लाख ७८ लाख मूल्य बराबरको मालवस्तु नेपालबाट चीनतर्फ निकासी भएको भन्सार विभागले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्