समय : ०९:२२ pm | शुक्रबार , माघ २ गते २०८२

एमाले पदाधिकारी निर्वाचित

अर्थ विशेष | पौष ३ गते २०८२

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् ।

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी भएका छन् ।

त्यसैगरी, सचिव महेश बस्नेतले १५४४मत, छविलाल विश्वकर्माले १५०६मत, पद्माकुमारी अर्यालले १५३०मत , शेरधन राईले १५०३मत , हिक्मतकुमार कार्कीले १३३७मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्