समय : ०१:५६ pm | बिहिबार , असार १८ गते २०८३

आज सुन चाँदीको भाउमा भारी वृद्धि

अर्थ विशेष | असार १८ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो।

यसँगै आज प्रतितोला सुन २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १८० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्