समय : ०२:३१ pm | आइतबार , जेठ ३१ गते २०८३

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

अर्थ विशेष | जेठ ३१ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार २०० ले बढेको छ ।गत शुक्रबार प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी रु चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार रु चार हजार ८९५मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

–––

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्