काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३४ करोड १० लाख ८६ हजार ३५.८४ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४.७५ प्रतिशतले हुन आउने १ करोड ६२ लाख १ हजार ५८६.७० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ८ लाख ५२ हजार ७१५.०९ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।










