काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) बाट सन् २०२६ का लागि चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
बैंकले होलसेल बैंकिङ अवार्डअन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ अवार्डअन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर–नेपाल’ उपाधि प्राप्त गरेको जनाएको छ ।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले तरलता व्यवस्थापन, व्यापार वित्त, बैंकिङ अभ्यास तथा होलसेल र रिटेल बैंकिङ क्षेत्रमा नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ । बैंकले यस उपलब्धिका लागि आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।










