समय : ०६:३६ pm | शुक्रबार , असार १२ गते २०८३

लक्ष्मी सनराइज बैंकलाई ३ अर्बको ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

अर्थ विशेष | असार १२ गते २०८३

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले ७ प्रतिशत व्याजदर रहेको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।
अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । जसमा व्यक्तिगत तवरका १ अर्ब ८० करोड र सर्वसाधारणलाई जारी गर्ने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र रहनेछ ।

यो ऋणपत्रको अवधि १० वर्षको लागि रहनेछ भने ब्याजदर ७ प्रतिशत रहनेछ । ऋणपत्रको बिक्री प्रबन्धमा भने माछापुच्छ्रे बैंक रहेको छ । यो ऋणपत्रले असार ९ गते निष्कासनको अनुमति पाएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्