काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहको प्रतिनिधित्वमा परिवर्तन गरिएको छ।
संस्थाको सञ्चालक समितिको ३३८ औँ बैठकले पूर्व सञ्चालक रामचन्द्र जोशीको स्थानमा बाँकी कार्यकालका लागि ऋषिराज जोशीलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई असार ८ गतेदेखि लागू हुने गरी बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको हो ।
संस्थापक सेयरधनी छिमेक समाज सेवा संस्थाको निर्णयअनुसार ऋषिराज जोशीलाई सञ्चालकका रूपमा मनोनयन गरिएको र सोही आधारमा सञ्चालक समितिले उक्त नियुक्ति अनुमोदन गरेको जनाइएको छ।










