समय : ०१:३७ pm | मङ्गलबार , जेठ ५ गते २०८३

नेपाल बैंकका दुई सञ्चालकहरूको राजीनामा स्वीकृत

अर्थ विशेष | जेठ ५ गते २०८३

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तथा स्वतन्त्र सञ्चालक प्रा. डा. डिल्लीराज शर्माले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
उनले वैशाख २४ देखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट राजीनामा दिएका थिए। सो राजीनामा सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ।

यसैगरी, नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सञ्चालक माया आचार्यले पनि आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। उक्त राजीनामा नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट स्वीकृत भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्