समय : ०६:५१ pm | बुधबार , वैशाख ९ गते २०८३

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५% सम्म छुट

अर्थ विशेष | वैशाख ९ गते २०८३

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरे ।
यस समझदारी पश्चात बैंकका ग्राहकहरुले नयाँ बानेश्वर,काठमाण्डौमा रहेको एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरु (आउटसोर्स सेवाहरु, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै, ग्राहकहरुले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । साथै, ग्राहकहरुले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्