काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपाल भित्रै क्यूआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको शुरुवात गरेको छ ।
यस प्रकारको सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे मार्फत लागू गरिएको हो । यस सुविधाको शुरुवातसँगै यूनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरुमा सजिलै क्यूआर स्कयान गरी भुक्तानी गर्न सक्नेछन् । विशेष गरी चिन लगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरु यस सुविधाबाट लाभान्वित हुनेछन् भने यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम गर्नेछ ।