समय : ०६:५५ am | बुधबार , पौष २ गते २०८२

अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

अर्थ विशेष | कार्तिक २१ गते २०८२

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा व्यापक गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको खुद नाफामा १८.८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाखले गिरावट आएको हो । 

चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । जबकि गत वर्षको असोजसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै २८९.७७ प्रतिशतले वृद्धि भएको छ । सो बैंकले समीक्षा अवधिमा ५८ करोड ९७ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जबकि बैंकले अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १५ करोड १३ लाख २ हजार रुपैयाँ मात्रै गरेको थियो ।

तर, समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा भने ग्लोबल आईएमई बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ गरेको छ । जबकि बैंकले अघिल्लो आवको सोही अवधिमा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा ग्लोबल आईएमई बैंक, सानिमा, एनआईसी एशिया र एभरेष्ट बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा नाफामा वृद्धि गरेको तथ्यांकले दोखाएको छ । तर, अरु सबै वाणिज्य बैंकको नाफामा भने गिरावट आएको छ ।

चालु आवको पहिलो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही आवको अवधिको तुलनामा सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा सबैभन्दा धेरै गिरावट भएको छ । समीक्षा अवधिमा सो बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँले घाटामा पुगेको छ, जबकि अघिल्लो आवको सोही अवधिमा सो बैंकले १९ करोड ८२ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कुन बैंकको नाफा कति ? (हजारमा)

बैंकचालु त्रैमासिकगत त्रैमासिकफरक %
राष्ट्रिय वाणिज्य५८९७३३१५१३०२२८९.७७
ग्लोबल आईएमई१८५८६५०१५१२१४०२२.९१
सानिमा४५४९१८३९९५३०१३.८६
एनआईसी एसिया१२२१६०११०५२६१०.५२
एभरेष्ट बैंक११७९२७४११२७७४०४.५६
सिटिजन्स–२२०४१११९८२२०
कृषि विकास५७३८१९०९२३–९६.९९
एनआईएमबी४५०५०१४६४०७५–९६.९२
प्रभु५५८४८३१०४०६५७–४६.३३
नेपाल एसबिआई५०१५६५८१४६५१–३८.४३
लक्ष्मि सनराइज३३२३३१५३६३५९–३८.०३
एनएमबी९१५९८३११४५६०३–२०.०४
स्टान्डर्ड चार्टर्ड६९२१६९८६१२०१–१९.६२
माछापुच्छ्रे४१७९५६५०३२६३–१६.९५
सिद्धार्थ३२४०९१३८२०८४–१५.१७
नबिल१७५६९९१२०५६५९०–१४.५६
हिमालयन७०२८९४७२६४३२–३.२४
नेपाल बैंक५८८२८७६०२१९८–२.३१
प्राइम१२५८४३०१२८६७८७–२.२०
कुमारी१०५६५३११०७८१७७–२

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्