काठमाडौं २३ वैशाख । काठमाडौको कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा३ख २०२७ नं को यात्रुबाहक बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।









