समय : ०७:३७ am | सोमबार , पौष ८ गते २०८१

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | जेठ ६ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०४ रुपैयाँ र बिक्रीदर १३३.६४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.२२ रुपैयाँ र बिक्रीदर १४४.८७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.३० रुपैयाँ र बिक्रीदर १६९.०६ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५० रुपैयाँ र बिक्रीदर ८८.९० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५४ रुपैयाँ र बिक्रीदर ८.५७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२२ रुपैयाँ र बिक्रीदर ३६.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४१ रुपैयाँ र बिक्रीदर १८.४९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३८ रुपैयाँ र बिक्रीदर २८.५१ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८० रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.०३ रुपैयाँ र बिक्रीदर ४३४.९८ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्