समय : ०७:२६ am | सोमबार , पौष ८ गते २०८१

नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त

अर्थ विशेष | जेठ ६ गते २०८१


काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएकी छन् । भट्टराई कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन् ।
उनलाई गत वैशाख २१ गतेको सचिवस्तरीय निर्णयले नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । भट्टराईले गत वैशाख २४ गते गोपनियता तथा इमान्दारिताको सपथ लिएको कम्पनीले जनाएको छ ।

भट्टराईलाई यसअघिका सञ्चालक कोमल बहादुर खत्रीको स्थानमा नियुक्त गरिएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्