समय : ०६:२८ am | सोमबार , पौष ८ गते २०८१

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ विशेष | जेठ ६ गते २०८१

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले पुनःनयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य वृद्धि भएर हालसम्मकै उच्च कायम भएको हो । गत शुक्रबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत जेठ ३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार पुगेको थियो ।

गत शुक्रबार भने छापावाला सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज तेजावी सुनगत शुक्रबार तेजावी सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ११० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१० रुपैयाँ कायम भएको छ ।
को मूल्य पनि १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार २५० रुपैयाँ कायम भएको छ ।गत शुक्रबार तेजावी सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ११० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्