समय : ०७:१३ am | सोमबार , पौष ८ गते २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड

अर्थ विशेष | जेठ ३ गते २०८१

नेपाली बजारमा बिहीबार सुनको मूल्यले नँया रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सयमा रुपैयाँमा कारोबार भएको सुनको मूल्यले बिहीबार १६ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि १ लाख ३९ हजार रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड मूल्य आज तोडिएको हो

बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्