समय : ०८:२० am | सोमबार , पौष ८ गते २०८१

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान, शतप्रतिशत छुट दिइने

अर्थ विशेष | जेठ १ गते २०८१

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।
उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनै पनि बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नु पर्ने हुनाले यो मौकाको फाइदा लिइ बीमालेख नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्