समय : ०८:४३ pm | आइतबार , कार्तिक ३० गते २०८३

सार्वजनिक बिदामा पनि कर कार्यालय खुल्ने

अर्थ विशेष | कार्तिक ३० गते २०८३

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिए पनि देशभरका आन्तरिक राजस्व कार्यालय भने खुला रहने भएका छन्।

आन्तरिक राजस्व विभागले कात्तिक मसान्तमा कर संकलन तथा करदातासम्बन्धी महत्त्वपूर्ण काम सम्पन्न गर्नुपर्ने भएकाले सार्वजनिक बिदाको दिनसमेत कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

विभागका अनुसार सोमबार ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा देशभरका सबै आन्तरिक राजस्व कार्यालयबाट नियमित करसम्बन्धी सेवा उपलब्ध गराइनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्