समय : १०:२५ am | शुक्रबार , कार्तिक ७ गते २०८३

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत जाँदै

अर्थ विशेष | कार्तिक ७ गते २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेका हुन् ।

लामिछाने आज भारत प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भ्रमणका क्रममा लामिछानेले धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ ।

तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्