समय : ०४:०८ pm | बुधबार , असाेज २८ गते २०८३

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

अर्थ विशेष | असाेज २८ गते २०८३

काठमाडौं । कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको सुवर्ण सम्शेर सडक स्थीत सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको छ ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८२/८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ ।

साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरुका लागि प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत (करसहित) लाभांश पारित गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्