काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले सूचना प्रकाशित गर्दै उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूलाई आवेदन दिन आह्वान गरेको हो।
बैंक सञ्चालक समितिको असोज १९ गते बसेको ५७३औँ बैठकको निर्णयअनुसार हाल कायम इच्छुक संस्थापक सेयरधनीले बिक्रीमा राखिएको संस्थापक सेयर खरिद गर्न सक्नेछन्। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र कुनै पनि आवेदन प्राप्त नभएमा ती संस्थापक सेयर अन्य नयाँ व्यक्ति तथा लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ।










