समय : ०२:२५ pm | बुधबार , भाद्र ३१ गते २०८३

माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार बढी कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | भाद्र ३१ गते २०८३

काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ९३ हजार ३९८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। शेयर खरिदका लागि निवेदन काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्