समय : ०७:५९ pm | शुक्रबार , भाद्र २६ गते २०८३

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

अर्थ विशेष | भाद्र २६ गते २०८३

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

यसैगरी बैंकले उक्त आर्थिक वर्षका लागि अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशतले हुन आउने ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्