काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी टेल बहादुर पुनले आफ्नो नाममा रहेको ७ हजार ५१० कित्ता शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले सो शेयर बिक्री गर्न लागेको हो ।
शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
बैंकले तोकिएको यस समयभित्र बैंकका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि निवेदन पेश नभएमा बैंकले प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गरिने जनाइएको छ ।










