समय : ०५:२९ pm | बुधबार , भाद्र २४ गते २०८३

नेप्सेमा दोहोरो अंकको गिरावट

अर्थ विशेष | भाद्र २४ गते २०८३

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४३ अंकले घटेर २,५४५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । शुभम् पावरका लगानीकर्ताले ६ दशमलव ४० प्रतिशतका दरले कमाउका छन् । सिभिल बैंक डिबेञ्चरका इकाईधनीले ५ दशमलव ९४ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोका लगानीकर्ताले ५ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्