समय : ०६:४५ pm | शुक्रबार , भाद्र १९ गते २०८३

पोखरा फाइनान्सको केन्द्रीय कार्यालय कमलादी सर्दै

अर्थ विशेष | भाद्र १९ गते २०८३

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय (कर्पोरेट) कार्यालय कमलादीमा सर्ने भएको छ ।

फाइनान्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी दिँदै भदौ २२ गतेदेखि नयाँ कार्यालयबाट सबै सेवा सञ्चालन हुने जनाएको हो ।

हाल पुतलीसडकस्थित रहेको केन्द्रीय कार्यालय अब काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको भवनमा सञ्चालन हुनेछ ।

फाइनान्सले भदौ २२ गतेदेखि आफ्नो सम्पूर्ण कामकाज नयाँ ठेगानाबाट हुने जानकारी दिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्