काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयले प्याकुरेललाई बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष प्याकुरेलले आज स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
प्याकुरेलले आजैबाट पदभार ग्रहण गर्ने बताइएको छ।










