समय : ०२:५६ pm | मङ्गलबार , श्रावण १२ गते २०८३

आज सुनचाँदीकोे मूल्यमा ओरालो

अर्थ विशेष | श्रावण १२ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु चार हजार तीन सय घटेको छ भने चाँदी पनि रु एक सय ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार तीन सय १० कायम भएको छ ।

 हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार चार सय ४५ प्रतितोला कायम भएको थियो

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्